काठमाडौं । कोरोना महामारी विरुद्ध लडिरहेको सरकारले आगामी वर्षमा कूल ६५० शैय्याको देशैभरि ८ वटा सरुवा रोग अस्पताल निर्माण गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेकी छिन् । सरकारको नीति तथा कार्यक्रम घोषण गर्दै केन्द्रमा ३०० शैय्याको सरुवारोग अस्पताल र सातै प्रदेशमा कम्तीमा ५० शैय्याको सरुवा रोग नियन्त्रण सम्बन्धी अत्याधुनिक अस्पताल स्थापना गर्ने घोषणा गरेकी छिन् ।
त्यस्तै, कान्ती बाल अस्पताललाई बाल शिक्षण अस्पतालको रुपमा विकास गरिने जनाइएको छ । मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बाल मुटुरोगको उपचार गर्ने विषेश व्यवस्था गर्ने ।
सबै स्वास्थ्य संस्थाहरुले महिनामा एक दिन स्याटेलाईट क्लीनिक सञ्चालन गनुपर्ने व्यवस्था गरिएको छ ।
सबै अस्पतालहरुबाट महामारीको बेलामा पनि सकेसम्म अधिकतम स्वास्थ्य सेवाको व्यवस्था मिलाइने घोषणा गरिएको छ ।