काठमाडौं । सरकारले आज सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रममा समावेश गरिने विषयबस्तुहरु पास गर्न मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।
आजै अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदन (संघीय संसद) मा आगामी वर्षको लागि सरकारको नीति तथा कार्यक्रम घोषणा गर्ने कार्यक्रम छ । राष्ट्रपतिले घोषणा गर्ने नीति तथा कार्यक्रममा समावेश हुने बुँदाहरु नेपाल सरकार मन्त्रिपरिषदबाट पास हुनुपर्ने व्यवस्था छ । आजको मन्त्रिपरिषदको बैठक नीति तथा कार्यक्रममा केन्द्रीत हुने प्रधानमन्त्री सचिवालयले जनाएकोे छ । राष्ट्रपतिको नीति तथा सबै टेलिभिजन तथा रेडियोहरुमा प्रत्यक्ष प्रशारण हुनेछ ।