Connect IPS
IME Life

बैंक र हितग्राही खाता ईन्टिग्रेशन नगरे अहिलेका ब्रोकर यसरी टाट पल्टिने छन्

SPIL
NIC ASIA new
Sanima Reliance

तिलक कोइराला 
कोरोना संक्रमण र लकडाउन अगाडि एउटा ब्रोकरकोमा लगानीकर्ताले शेयर किनेको २२ करोड रुपैयाँको भुक्तानी प्राप्त हुन सकेन । अर्को ब्रोकरले लगानीकर्ताले नतिरेको २० करोड रुपैयाँ जोडजाम गरेर सेटलमेन्ट पुरा गर्यो । अर्को एउटा ब्रोकर जसले २७ लाख रुपैयाँ शेयर किन्नेबाट रकम प्राप्त गर्न नसक्दा सेटलमेन्टका लागि आबश्यक रकम पनि पुरा गर्न नसकेर झण्डै कालो सूचीमा परेको थियो । अर्को ब्रोकर जसले दाड.का एक लगानीकर्ताको चार लाख हाराहारीको शेयर बिक्री गरेको रकम भुक्तानी गर्न नसक्दा त्यसका संचालकले फोनै उठाउँन सकेनन् । शेयर किन्नेले पैसा नदिएकाले बिक्री गर्नेलाई नदिएको बहानाबाजी गर्नु परेको छ ।

एउटा ब्रोकर जसबाट केही समय अगाडि १७ हजार कित्ता एभरेष्ट बैंकको शेयर बजारमा किन्न बसेका सबैलाई भाग पुग्ने गरी बिक्री भयो । तर पछि जब सेटलमेन्ट गर्ने समय आयो, ती लगानकिर्ताको हितग्राही खातामा शेयरै नभएको भन्दै बिक्रेतालाई मगज ठीक नभएको ठहर गरी राफसाफलाई रद्द गर्नु पर्यो । लकडाउन भन्दा केही समय अघि मात्रै केही लगानीकर्ताहरुले आफ्नो हितग्राही खातामै नभएको शेयर बिक्री गरेर बजारमा आपुर्तिको बाढी नै ल्याईदिए ।

माथिको उदाहरणहरु यसकारण प्रस्तुत गरिएको हो कि शेयर लगानीकर्ताको ब्रोकरमा रहेको कारोबार खातासँग बैंक र हितग्राही खाता अन्तरसम्बन्धित (ईन्टिग्रेट) नगरिँदा बजारमा अनेकौ बिकृतिहरु देखिएका छन् । त्यसको मार लगानीकर्ताले मात्रै हैन, ब्रोकर र अरु सम्बद्ध पक्षहरुले भोग्नु परेको छ ।

Prabhu
Crest

शेयर कारोबार भएको दिन सेटलमेन्टका लागि ब्रोकरहरु ऋण खोज्न दौडन्छन । शेयर खरिद गर्ने लगानीकर्ताबाट समयमै पैसा प्राप्त नहुँदा ब्रोकरले सेटलमेन्टका लागि अनेक जुक्ति लगाउनु परेकै छ । सेटलमन्टका लागि भनेर ग्लोबल आईएमई र प्रभु बैंकले दिने आठ र १० करोडको लिमिट कयौं ब्रोकरहरुका लागि हात्तीको मुखमा जिरा जस्तो भएको छ भने कयौं ब्रोकरहरु आफैले प्रयोग गरेका छन् । यसले पनि ब्रोकरहरुको आर्थिक संकट टार्न सकेको छैन ।

अक्सन मार्केट र सेटलमेन्ट ग्यारेन्टी फण्डको प्रयोग नहुँदा नेपाली शेयर बजारमा क्लोज आउटको समस्या विकराल छ । शेयर बिक्री गर्नेले समयमा नै शेयर ब्रोकरलाई हस्तान्तरण नगर्ने र खरिद गर्नेले पनि समयमै पैैसा नदिने पुरानै रोग हो । यसमा ब्रोकरको पक्षबाट पनि उत्तिकै गैर जिम्मेवारी प्रदर्शन हुँदै आएको छ । हप्तौ हुँदा पनि शेयर बेचेको पैसा लगानीकर्तालाई नदिने र हितग्राही खातामा शेयर नपठाउने प्रबृत्ति छ ।

बैसाख ३० र ३१ गतेको कारोबारमा खरिदकर्ताहरु आउँन नसक्नुमा ब्रोकरलाई लगानीकर्ताले २५ प्रतिशत अग्रिम रकम ( मार्जिन) भुक्तानी नगर्दा धेरै लगानीकर्ताले लिमिट पाउन सकेनन् र खरिदकर्ता तर्र्फ सुन्य देखिएर बिक्रेताको भीड मात्रै देखियो । बजारमा देखिएको यही गंभीर असन्तुलनका बीचमा केही खराब नियत भएकाहरुले १ देखि २० कित्ताको दरले किनेर खेल्दा नेपालको शेयर बजारमा विकृत कृयाकलाप हुन गयो । मार्जिन बुझाउने कतिपय लगानीकर्तालाई ब्रोकरले नै शेयर नकिन्न सल्लाह दिएको कुरा बाहिर आयो भने कतिपयले शेयर बिक्री गरेर आबश्यक लिमिट कायम गरी बसेको भए पनि अनmलाईन प्रणालीमा खरिद गर्ने अनुमति पाउन नसकेको गुनासो सुनियो । ब्रोकर आफैले “छद्म लगानीकर्ता”खडा गरी असुरक्षित लगानी गर्दाको जोखिम त झन् बजारमा धेरै भयो ।

शेयर बजारमा जे जति बिकृतिहरु देखिएका छन्, धेरै जसो बैंक खाता र हितग्राही खाता ईन्टिग्रेट नभएर उत्पन्न भएका हुन् । यो भएको भए अहिले ब्रोकरले लिमिट दिएन भन्ने आरोपको स्वतः खण्डन हुने मात्रै थिएन, शेयर किनेको पैसा लगानीकर्ताले दिएनन् भनेर बहानाबाजी पनि गर्नुपर्ने थिएन । ब्रोकरकोमा रहेको कारोबार खातासँग बैंक खाता ईन्टिग्रेट गरिएको अबस्थामा खातामा पैसा नभई शेयर किन्न पाईने थिएन र शेयर नभई बेच्न पनि पाईन्थेन । बैंक खाता र हितग्राही खाता ईन्टिग्रेट भएको भए सबैभन्दा धेरै लाभ लिनेमा ब्रोकर नै हुने थिए ।

अहिलेका ब्रोकरको ब्यवसाय बचाउने हो र लगानीकर्ताको गुनासोहरुलाई स्थायी रुपमा समाधान गर्ने हो भने अब बैंक खाता र हितग्राही ईन्टिग्रेट गरेर मात्र शेयर कारोबार चालु गर्नुको विकल्प छैन । बैंक खाताको रकम प्रयोग गरी शेयर किन्ने कि ब्रोकरबाट मार्जिन लिएर कारोबार गर्ने भन्ने विकल्प लगानीकर्तालाई छनौट गर्न दिन सकिन्छ । त्यसका लागि भौतिक पुर्वाधार र प्रविधिको बन्दोबस्ती तत्काल गर्न धितोपत्र बोर्ड, नेप्से, सीडीएससी र ब्रोकरहरु जुटिहाल्नुपर्छ । यही लकडाउनको अवधिमा नेप्सेको अनलाईन कारोबार प्रणालीको युजर आईडी र पासवर्ड लिएका २५ हजार लगानीकर्तालाई जोड्नुपर्छ । यो एकदम संभव छ ।

बाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स रोक्ने तागत कसैसँग छैन, भलै अर्थ समितिकी उपसंयोजक रामकुमारी झाक्रीलाई कसैले भुल भुलैयामा पारेकाले अल्झिएको हो । बैंक र हितग्राही खाता ईन्टिग्रेट नगर्ने हो भने बाणिज्य बैंकका सहायक कम्पनीले ब्रोकरेज सेवाको लाईसेन्स पाएपछि अहिलेका ब्रोकरहरुको ब्यवसाय बचाउँन मुस्किल छ । जहाँ सहज हुन्छ, लगानीकर्ता त्यतै जाने छन् । त्यो भनेको अहिलेका ब्रोकरहरुको ब्यवसायमा क्षति भएर टाट पल्टिने स्थिति आउने हो । बाणिज्य बैंकका सहायक कम्पनीहरु आउनु भन्दा अगाडि नै अहिलेका ब्रोकरले प्रविधि र क्षमता सुधारेर आफुलाई सक्षम प्रमाणित गरी लगानीकर्तालाई सन्तुष्ट राख्नुपर्छ ।

अब शेयर बजार खुल्नु अगाडि नै बैंक र हितग्राही खाता ईन्टिग्रेट नगरे फेरि अर्को वितण्डा हुनेवाला छ । बैंक र हितग्राही खाता ईन्टिग्रेट गरिएमा ब्रोकरहरुको ब्यवसाय सुरक्षामा बल पुग्छ र लगानीकर्ता पनि धेरै लाभान्वित हुनेछन् । यसका लागि ब्रोकर नै सबैभन्दा धेरै तात्नुपर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS