IME Life
GBIME

प्रभु लाइफको कुल बीमा शुल्क आर्जन ५२ करोडमाथि, जीवन बीमा कोषमा कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ५ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १५ करोड ८८ लाख रुपैयाँ संचित रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ७ करोड ३६ लाख रुपैयाँ मात्र सं संचित रहेको थियो ।

Crest

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५२ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जनमा आकर्षक सुधार भएको देखिन्छ ।

त्यसैगरी कम्पनीले यस अवधिसम्ममा खुद बीमाशुल्क आर्जनमा वृद्धि गरेकोे छ । कम्पनीले यस अवधिसम्ममा ५० करोड ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पीले २४ करोड ८४ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषमा ६२ करोड ६१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा २२ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४२ लाख हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा कम्पनीले कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १ सय ९७ रुपैयाँ रहेको छ ।

जीवन बीमा कम्पनीको हकमा भने कुल नाफा एक्चुरीयल मुल्यांकनपछि मात्र वास्तविक आउनेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS