IME Life
GBIME

नेशनल माइक्रोफाइनान्सको नाफा बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसमम आइपुग्दा नाफा २२ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । संस्थाले यस अवधिसम्ममा ११ करोड ३८ लाख २५ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ९ करोड २७ लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिसम्ममा संस्थाको जगेडा कोषमा २४ करोड ६४ लाख ३५ हजार रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोह अवधिको तुलनामा संस्थाको जगेडा कोषमा २१ प्रतिशतले संचती बढी हो ।

Crest

यस अवधिसम्ममा संस्थाको खुद ब्याज आम्दानी २० प्रतिशतले बढाउन सफल भएको छ । यस अवधिसम्ममा संस्थाले २२ करोड १२ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ ।

त्यस्तै, सञ्चालन नाफा २४ प्रतिशतले बढेर १८ करोड ६ लाख ७५ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी भने ५७ रुपैयाँ ४८ पैसा रहेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ८१ रुपैयाँ ९४ पैसा थियो । प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ३३ पैसा छ ।

 

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS