काठमाडौं । राष्ट्रिय बीमा संस्थानले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले तेस्रो त्रैमासको अवधिसम्ममा ६ अर्ब ६८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । कम्पनीले गत बर्षको सोहि अवधिमा ५ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २० प्रतिशतले बढेको छ।
संस्थानले चैत मसान्तसम्ममा ४ करोड ९३ रुपैयाँ खुद नाफा कमाएको छ । संस्थानले गत बर्षको सोहि अवधिमा १ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको खुद नाफा आर्जन ३ करोड २४ लाख रुपैयाँले बढेको हो ।
समिक्षा अवधिमा संस्थानले लगानी कर्जा तथा अन्य आयबाट एक अर्ब ६३ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, एक अर्ब ६१ करोड ४५ रुपैयाँ बीमालेख धितोमा लगानी गरेर ८ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको हालको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ भएको छ । जगेडा कोषमा भने पूँजी भन्दा धेरै रकम संचित रहेको छ । संस्थानको जगेडा कोषमा २७ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ ।