Connect IPS
IME Life

एनएमबी बैंकको खुद नाफा झण्डै दुई अर्ब, ब्याज आम्दानी मात्रै १० अर्ब

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक वर्षको नौ महिनामा झण्डै दुई अर्ब मुनाफा कमाउन सफल भएको छ । चैत्र मसान्तसम्ममा बैंकले एक अर्ब ८८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा एक अर्ब ६५ करोड मुनाफा आर्जन गरेकोमा यस वर्ष १४.प्रतिशत बृद्धि गर्न सफल भएको छ ।

Prabhu
Crest

आज प्रकाशित अपरिस्कृत तेश्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफामा केही गिरावट आएको छ । अघिल्लो वर्ष ९७ करोड २१ लाख रुपैयाँ रहेको वितवरण योग्य नाफा यस वर्ष ५८ करोडमा झरेको वित्तीय विवरणमा उल्लेख छ । नौ महिनामा एक खर्ब २७ अर्ब निक्षेप परिचालन गरी बैंकले १० अर्ब रुपैयाँ कूल ब्याज आम्दानी गरेको छ । साथै सो निक्षेप बापत छ अर्ब ५७ करोड रुपैयाँ ब्याज प्रदान गरेको छ । समीक्षा अवधिमा बैंकले खूद ४ अर्ब २९ करोड रुपैयाँ ब्याज आम्दानी गर्दै मुनाफा बृद्धि गर्न सफल भएको हो ।

हाल १३ अर्ब ९५ करोड ९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ३३ करोड रुपैयाँ सञ्चित रहेको छ । बैंकको अनियमित कर्जा २.५ प्रतिशत रहेको छ । त्यस्तै बेसरेट ९.९९ रहेको छ भने नेटवर्थ पर शेयर १४८.७८ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS