गुराँस लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशन गरेको छ। कम्पनीले तेश्रो त्रैमाससम्म १ अर्ब ३६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले १ अर्ब १४ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन १ अर्ब १२ करोड बाट वृद्धि भएर १ अर्ब ३५ करोड पुगेको छ।
९३ करोड ८५ लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३६ करोड ६३ लाख छ भने जीवन बीमा कोषमा ७ अर्ब १० करोड छ।
गत वर्ष यसै अवधिमा कम्पनीले ५ करोड ६५ लाख खुद मुनाफा गरेकोमा अहिले ८ करोड ३७ लाख खुद मुनाफा गरेको छ। प्रकाशित वार्षिक प्रति शेयर आम्दानी ११ रुपैयाँ ९० पैसा छ भने किताबी मूल्य १४३ रुपैयाँ ७५ पैसा छ।