Connect IPS
IME Life

व्यापारको लोभमा दैनिक एक घण्टा पसल खोल्दा कोरोनाले कर्याप्पै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर कोरोनाको महामारी फैलिइरहेको छ । हालसम्म २१२ वटा देश स्वतन्त्र टापुमा फैलिको कोरोना भाइरसविरुद्धमा सबै देशहरुले कडा लकडाउनको घोषणा गरिरहेका छन् । इटालीमा लकडाउनको पूर्ण रुपमा पालना नहुँदा हजारौं मानिसको ज्यान गएपछि अहिले बल्ल लयमा फर्कने प्रयास हुँदैछ । अमेरिकामा लकडाउन घोषणा नहुँदा संक्रमितको संख्या १५ लाख नजिक पुगिसकेको छ । मृत्यु हुनेको संख्या नै एक लाख पुग्न लागिसकेको छ ।

नेपालमा पनि चैत्र ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेर नागरिकलाई घरभित्रै बस्न आग्रह गर्दै आएको छ । तर जारी लकडाउनमा पनि अटेर गर्दै पसल खोल्नेहरु धमाधम कोरोनाको संक्रमणमा फस्दै गएका छन् । धनुषामा लकडाउन अटेर गरेर पसल खोल्दै आएका एक ३५ बर्षिय पुरुषले दैनिक एक–डेढ घण्टा पसल खोलेबापतको सजाय कोरोना पाएका छन् ।

Prabhu
Crest

काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा हिजो परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । जनकपुरधाम उप–महानगरपालिका–४ मा पुस्तक पसल सञ्चालन गरेर बस्दै महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थायी घर भएका ति व्यक्तिले कोरोनाको अवधीमा पनि दैनिक पसल खोज्दै आएको खुलेको छ । ति संक्रमित पुरुषले व्यापार गर्ने भन्दै दैनिक एकआधा घण्टा पसल खोलेको स्वीकार गरेका छन् ।

लकडाउनमा व्यक्तिगत दुरी कायम गरेर, एक अर्कासँग नजिक नहरी काम गर्नुपर्नेमा जोखिम मोलेर रिर्पोटिङ गर्ने पत्रकारहरु पनि धमाधम कोरोनाको संक्रमणमा परेका छन् । हिजो पर्साका पत्रकारहरुमा कोरोना पोजेटिभ देखिएको हिजै राति आएको रिपोर्ट अनुसार धनुषामा थप एक जना पत्रकारमा कोरोनाको संक्रमण देखिएको छ । ति पत्रकार जनकपुरमै रहेर पत्रकारिता गर्दै आएका थिए । स्थानीयबासीमा घुलमिल भएकाले कति मानिसमा कोरोना फैलियो भन्ने एकिन हुन सकेको छैन ।

कोरोनाको संक्रमणपछि हाल सो क्षेत्रलाई सिल गरेर परिक्षण गर्ने काम भइरहेको छ । त्यस्तै कोरोना संक्रमित तीनै जनालाई आईशोलेशनमा राखिएको छ । सरकारले हाल कोरोना बीमा अभियान चलाइरहेको भएपनि हालसम्म बीमा दावी परेको छैन । पछिल्लो तथ्याङ्क अनुसार झण्डै ६० हजारले कोरोना बीमा गराएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS