IME Life

मंगलबार एकै दिन ८३ जना नयाँ संक्रमित, काठमाडौं र भक्तपुरमा भित्रियो कोरोना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मंगलबार एकै दिन ८३ जनामा कोरोना भेटिएपछि राजधानी काठमाडौंसहित देशैभरि आतंक फैलिएको छ । मंगलबार साँझसम्म ५७ जनामा कोरोना भोटिएकोमा मध्यराति थप २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितसहित कूल संक्रमितको संख्या २१७ पुगेको छ ।

काठमाडौं र भक्तपुर पनि कोरोना भेटिएको छ । राजधानी काठमाडौंमा ३३ बर्षिय महिलामा कोरोना संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ । त्यस्तै भक्तपुरमा २६ बर्षिय महिला र २७ बर्षिय पुरुषमा पिसिआर परिक्षणमा पोजेटिभ भेटिएको मन्त्रालयले जनाएको छ । मंगलबार पर्सामा थप १८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यससँगै पर्सामा कूल संक्रमितको संख्या ५७ पुगेको छ । मंगलबार बारा, महोत्तरी, धनुषामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

देशका विभिन्न स्थानमा एकै पटक ठूलो मात्रामा कोरोना भाइरस भेटिएपछि सरकारले लकडाउन अझै कडा बनाउने निर्णय गरेको छ । अन्तरजिल्ला सवारी पास खारेज गरेको छ भने राजधानी काठमाडौंका लागि बैंक तथा बीमा कम्पनीहरुलाई दिइएको पास भने यथावत नै राखिएको छ ।

कोरोना महामारीको उद्गमस्थल बनेको पर्सामा निषेधाज्ञा जारी गरेर सेना परिचालन गरिएको छ भने बारा जिल्लामा पनि निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै बागमति प्रदेशले प्रदेश नं २ सँग सम्पर्क बिच्छेद गर्ने निर्णय गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS