काठमाडौं । लक्ष्मी बैंकले प्रकाशन गरेको तेस्रो त्रैमासको वित्तिय विवरण सावर्जनिक गरेको छ । यस त्रैमासको अवधिमा बैंकको नाफामा सामान्य सुधार आएको छ। बैंकले तेस्रो त्रैमासको अवधिसम्ममा १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत बर्षको सोहि अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत बर्षको तुलनामा बैंकको नाफा ६ प्रतिशतले घटेकोे छ ।
चैतमसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा घटेको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अहिलेको वितरणयोग्य नाफा घटेर ४१ करोड १ लाख रुपैयाँमा सिमित भएको छ ।
त्यस्तै, बैंकको संचालन नाफा ३ दशमलव १२ प्रतिशतले बढेर ४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । । बैंकको खुद ब्याज आम्दानी १९ प्रतिशतले बढेर ५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८१ पैसा रहेको छ भनप्रतिशेयर नेटवर्थ १३६ दशमलव ७६ पैसा रहेको छ ।