काठमाडौं । सिद्धार्थ बैंकले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले तेस्रो त्रैमासको अवधिसम्ममा १ अर्ब ३३ रुपैयाँ खुद नाफा कमाएको छ । गत बर्षको सोहि अवधिमा बैंकले १ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत बर्षको तुलनामा बैंकको नाफा १६ प्रतिशतले घटेको छ ।
बैंकको संचालन नाफा १२ प्रतिशतले घटेर १ अर्ब ९७ करोड रुपैयाँमा सिमित भएको छ । बैंकको खुद ब्याज आम्दानी २२ प्रतिशतले घटेर ४ अर्ब १८ करोड रुपयाँमा सिमित भएको छ । र्बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने रिर्जभ कोषमा ४ अर्ब ८२ करोड रुपैयाँ रहेको छ।
तेस्रो त्रैमासको अवधिसम्म्मा आइपुग्दा बैंकको प्रतिशेयर आम्दानी ५दशमलव८ प्रतिशतले घटेर पैसाले घटेर १८ रुपैयाँँ ९१ पैसामा सिमित भएको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ४४ पैसा रहेको छ ।