जीवन बीमा कम्पनीको लिडर कम्पनी नेपाल लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १८ अर्ब ६७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीले १५ अर्ब ३६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन २१ प्रतिशतले वृद्धि हुँदै १८ अर्ब ४१ करोड पुगेको छ।
कम्पनीले कम्पनीले यस अवधिमा ४ अर्ब ७६ करोड कुल दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन् बाँकी रकम ७२ करोड ४४ लाख छ ।
तेश्रो त्रैमाससम्म खुद मुनाफा ४६ करोड ७५ लाख पुगेको छ । कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ११ रुपैया ३४ पैसा छ भने किताबी मूल्य १५८ रुपैया ३६ पैसा छ।
५ अर्ब ४९ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २ अर्ब ७३ करोड छ भने जीवन बीमा कोष ८१ अर्ब ३७ करोड पुगाउन सफल भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा जीवन बीमा कोष ६० अर्ब ६२ करोड थियो ।