Connect IPS
IME Life

पोखरा फाइनान्सको नाफा बढ्दा यस्तो देखियो अन्य सूचक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पोखरा फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसम्ममा ८ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा करिब ४० प्रतिशतले बढी हो । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

फाइनान्सको चुक्ता पूँजी ९१ करोड ७२ लाख छ । जसको जगेडा कोषमा २७ करोड ९२ लाख रुपैयाँ छ भने शेयरपूँजी २१ करोड तथा रिटेण्ड अर्निङ २ करोड ५१ लाख छ ।

Prabhu
Crest

कम्पनीको खुद ब्याज आम्दानी संचालन नाफा बढेपछि खुद नाफामा समेत सुधार आएको हो । फाइनान्सको यस अवधिको वितरण योग्य नाफा २ करोड ५१ लाख २८ हजार रुपैयाँ मात्र छ ।

कम्पनीले चैत मसान्तसम्म ६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ३ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको निक्षेप तथा कर्जामा बढोत्तरी भएको छ ।

फाइनान्सको खराब कर्जा ० दशमलव ९० प्रतिशत छ । प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा, प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ५१ पैसा, पीई रेसियो ११.९८ गुणा तथा तरलता अनुपात २६.४१ प्रतिशत छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS