IME Life

बैंक तथा बीमा कम्पनीका कर्मचारी दिउँसो बाहिर निस्कन नपाउने, गाडी चढेर कार्यालय आउने, गाडीमै घर फर्कनुपर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले गत शुक्रबार देखि नै अत्यावश्यक सेवा अन्तर्गतका सार्वजनिक सेवाहरु आंशिक रुपमा सुचारु गर्ने निर्णय गरेसँगै बैंक तथा बीमा कम्पनीहरु अधिकांश खुलेका छन् । तर, बैंक तथा बीमा कम्पनीका कर्मचारीहरु दिउँसो आफुखुशी बाहिर निस्कन भने नपाउने भएका छन् ।

बैंक तथा बीमा कम्पनीहरुलाई विहान ९ बजेदेखि १० बजेसम्म सवारी साधनमार्फत कर्मचारीहरुलाई कार्यालयमा ल्याउन पाउने तथा अपरान्ह ३ बजेदेखि पाँच बजेसम्म कर्मचारीलाई घर पुर्याउने पाइनेछ । सो बाहेकको समयमा पास लिएका सवारी साधनहरु चलाउन पाइने छैनन् । कार्यालय समयमा बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुलाई अत्यावश्यक काममा बाहेक बाहिर निस्कन नपाईने उपत्यका ट्राफिक प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताए ।

Prabhu
Crest

एसएसपी ढकालले बैंक, बीमा कम्पनीहरुले एउटा कार्यालयबाट अर्को कार्यालयमा कामकै सिलसिलामा जानुपर्ने भएमा दिइने बताए । भने, ‘एउटा कार्यालयबाट अर्को कार्यालयमा जान सम्म पाइन्छ, तर त्यसको लागि कार्य प्रयोजन खुल्ने कागज सम्बन्धीत बैंकले नै दिनुपर्नेछ । दिउँसो अन्यत्र निस्कन पाइदैन ।’ ढकालले बैंक तथा बीमा कम्पनीहरुलाई दुई पाङ्ग्रे सवारीमा कर्मचारी नओसार्न सुझाव दिए । उनले गाडीमा राखेर कर्मचारी कार्यालय ल्याउने घर लैजाने व्यवस्था गर्न आग्रह गरेका छन् । साथै बैंक, बीमा कम्पनीका कर्मचारीलाई हिडेर कार्यालय नबोलाउन समेत आग्रह गरेका छन् । उनले भने, ‘समुदायमा फैलिन नदिन सकेसम्म गाडीमा राखेर कर्मचारी ल्याउने पुर्याउने गर्नुहोला ।’

त्यस्तै सरकारी कार्यालयका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको छ । महानगरीय ट्राफिक प्रहरीका अनुसार आइतबारबाट बिहान ६ बजेदेखि राति आठ बजेसम्म उपत्यकाभित्र छिर्ने सबै निर्माण सामाग्री बोकेका सवारीलाई रोक लगाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा,प्रहरी कार्यालय रानीपोखरी, उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखको बैठकले अर्को सूचना जारी नभएसम्मको लागि नयाँ व्यवस्था लागू गरेको हो । त्यस्तै अत्यावश्यक खाद्यान्न ढुवानीका सवारी साधनले भने बिहान १० बजेसम्म ढुवानी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
तर, पानी, औषधी, प्रेसलगायतका सवारी साधनलाई भने समय सीमा तोकिएको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS