Connect IPS
IME Life

हिमालयन बैंकको नाफा दुई अर्ब ३१ करोड, अधिकांश सूचांकहरु सकारात्मक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकको मुनाफा उल्लेख्य रुपमा बृद्धि भई दुई अर्ब ३१ पुगेको छ । गत आर्थिक वर्षको तुलनामा झण्डै १५ प्रतिशतले मुनाफामा बृद्धि गर्न सफल भएको छ । आज सार्वजनिक गरिएको बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा अर्ब ३१ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिसम्ममा बैंकले २ अर्ब १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले चालु आवको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले तीन अर्ब ८४ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने तीन अर्ब ८ करोड ६४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा ७ करोड ९० लाख रुपैयाँ बढी आर्जन गर्न सफल भएको छ । कूल नौ अर्ब चुक्ता पुँजि रहेको बैंकले चैत मसान्तसम्ममा ११६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १०५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको बैंकको खराव कर्जा १.११ मात्रै प्रतिशत रहेको छ । खराव कर्जा जति न्यून भयो, उति नै बैंकको अवस्था राम्रो रहेको देखाउँछ । समीक्षा अवधीमा बैंकको खराव कर्जा पनि घटेको छ ।

Prabhu
Crest

बैंकको जगेडा कोषमा ६ अर्ब ७८ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १३ करोड रुपैयाँ सञ्चितसहित कूल सात अर्ब ९१ करोड रुपैयाँ कोषमा रहेको छ । समीक्षा अवधीमा बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसा छ भने बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ५० पैसा कायम भएको छ । बैंकको प्रतिशेयर आम्दानी र नेटवर्थ दुवै बढेका छन् । त्यस्तै मूल्य आम्दानी अनुपात १५.१७ गुणा रहेको छ । देशकै पुरानो निजि बैंक मध्येका एक हिमालयन बैंकका अधिकांश सूचांकहरु सकारात्मक देखिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS