Connect IPS
IME Life

लकडाउनका बीच सेन्चुरी बैंकको छलाङ, नाफा ५० प्रतिशतले बृद्धि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले लकडाउनका बीच उच्च मुनाफा गर्न सफल भएको छ । बैंकले चालु आवको नौ महिनामा खूद मुनाफा आर्जनमा झण्डै ५० प्रतिशत ४९.९६ प्रतिशत मुनाफा आर्जन गर्न सफल भएको वित्तीय विवरणले देखाएको छ । चालु आवको तेस्रो त्रैमासम्ममा बैंकले ९१ करोड ५७ लाख नाफा कमाउन सफल भएको छ । समीक्षा अवधीमा बैंकले ६१ करोड ६ लाख नाफा आर्जन गरेकामा यस वर्ष १३ करोड ४१ लाख रुपैयाँले बृद्धि गर्न सफल भएको हो ।

बैंकको निक्षेप गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २.४९ प्रतिशतले बढेर ५८ अर्ब ७७ करोड पुगेको छ भने कर्जा १.७९ प्रतिशतले बढेर ५८ अर्ब १० करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी १४.१९ प्रतिशतले बढेर २ अर्ब २५ करोड पुगेको छ ।

Prabhu
Crest

समीक्षा अवधीमा बैंकको खराव कर्जा समेत घटेको छ । बैंकको खराब कर्जा २.१९ प्रतिशतमा सीमित रहेको छ । आठ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पुँजि रहेको बैंकले आर्थिक वर्ष ७५।७६ मा २ प्रतिशत बोनस र ४.७५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS