काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै कूल संक्रमितको संख्या १०९ पुगेको छ । यसअघि स्थानीय तहमा फैलिएको अनुमान गरिएको कोरोना कपिलवस्तु , पर्साको बीरगन्ज र उदयपुरको भुल्केमा थप सात जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार विहान कोरोना भाइरस संक्रमणको स्थितिबारे जारी प्रेस बिज्ञप्तिमा अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेको जनाएको छ ।
उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।