IME Life

बाली बीमा नगर्दा सुदुरपश्चिमका किसान ३२ करोड नोक्सानमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुदुरपश्चिमका किसानले बाली बीमा नगर्दा यस वर्षको असिना पानी, हुरीबतासबाट करोडौंको क्षति व्यहोरेका छन् । सरकारले ७५ प्रतिशत अनुदान दिएको बाली बीमा स्थानीय तहमा किसानको खेतबारीमा पुग्न नसक्दा ३२ करोडको नोक्सान व्यहोरेको कृषि ज्ञान केन्द्र महेन्द्रनगरले जनाएको छ ।

Prabhu
Crest

चैत्र र बैशाखमा आएको बेमौषमी झरीका कारण कैलाली र कञ्चनपुरका किसानले दलहन बाली, केरा र तरकारीमा गरी किसानले साढे ३२ करोडको नोक्सान सहनु परेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार किसानले ३० करोडको मुसुरो नोक्सान भएको छ । त्यस्तै, केरा र तरकारीमा पनि दुबै जिल्लामा साढे दुई करोडको नोक्सानी भएको छ । सो दुई जिल्लामा कूल २६ हजार हेक्टरमा गरिएको मुसुरो खेतीबाट २५ हजार टन उत्पादन हुनेमा यस वर्ष २० हजार टन मात्रै उत्पादन हुने जनाइएको छ ।

असिना पानीका कारण सबैभन्दा बढी मसुरो उत्पादनमा ह्रास आएको छ । कृषि ज्ञान केन्द्र महेन्द्रनगरका प्रमुख रामचन्द्र भट्टले मसुरोमा २० प्रतिशतको नोक्सान भएको हजारौं टन तरकारी बालीमा क्षति पुगेको बताए । हिउँदे बालीको अतिरिक्त किसानले नगदे बालीको रुपमा लगाएको लौका, घिरौला, फर्सी, सिमी, बोडी लगायतमा क्षति पुगेको छ ।

किसानले बाली बीमा नगर्दा अधिकांश क्षति किसानले नै व्यहोर्ने बाध्य भएको केन्द्रको भनाई छ । सरकारले ७५ प्रतिशत अनुदानमा बाली बीमा गर्दै आएको भएपनि किसानमा पर्याप्त जनचेतना फैलिन नसक्दा यस क्षेत्रका किसानले ठूलो क्षति व्यहोर्न बाध्य भएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS