काठमाडौं । लकडाउनका कारण खाली रहेको काठमाडौंको सडकमा शुक्रबार विहानै अत्याधिक गतिमा हुईक्याइएको एक मोटरसाइकल र कार आपसमा ठोक्किर भएको दुर्घटनामा एक जनाको मृत्य भएको छ ।
कलंकीबाट कालिमाटीतर्फ आउँदै गरेको बा२१च ४३४७ नम्वरको जिप र कालिमाटीबाट मासु बोकेर कलंकीतर्फ जाँदै गरेको बा७२प ८१७२ नम्वरको पल्सर मोटरसाइकल रवि भवनको उकालोमा ठक्कर खाएका थिए । घट्नापछि मोटरसाइकल चालक टीकाराज गेलालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने कारलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही अघि बढाएको जनाएको छ । उनी नेपाली सेनाका कर्णेल भएको जनाइएको छ ।
सो दुर्घटनाका बीमा दावी पर्ने भएको छ । अनिवार्य गरिएको तेस्रो पक्ष बीमा पाँच लाख दावी पर्नेछ भने कारमा पुगेको दावी पर्नसक्नेछ ।