IME Life

लकडाउन खुकुलोबारे अन्योल, सर्वसाधारण पसल खोल्ने प्रहरी बन्द गराउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन केही खुकुलो बनाउँदै तोकिएका पसलहरु खुल्ला गर्ने निर्णय गर्यो । सर्वसाधारणले आजदेखि आंशिक रुपमा पसल खोल्न थाले, प्रहरीले पुनः बन्द गराएको छ । आज विहान महाराजगन्ज क्षेत्रमा मेशिनरी, मोबाईल, पुस्तक पसलहरु भटाभट खुल्न थालेपछि सबैतिर भिड जम्मा हुन थाल्यो । चाबहिल क्षेत्रमा विहान केहीबेर खाद्यान्न बाहेकका लत्ता कपडाको पसलहरु पनि खुले । लगत्तै प्रहरीले बन्द गराउँदै हिड्न थाल्यो ।

लकडाउनबारे अन्योल हुँदा सर्वसाधारण पसल खोल्न अनि प्रहरी भने बन्द गराउँनमै व्यस्त रह्यो । सरकारले सार्वजनिक गरेको खुल्ला रहने ४४ थरीका उद्योग तथा पसलहरु परेपछि सरकार आफै अन्योल परेको देखिएको छ । सरकारले मेशिनरी तथा वर्कशप समेत खोल्ने भनेपछि आज विहानै मोटर ग्यारेज तथा वर्कशपहरु आंशिक रुपमा खुल्ला गरेका थिए । तर, प्रहरीले भने बन्द गर्न निर्देशन दिइरहेको छ ।

Prabhu
Crest

गत चैत्र ११ गतेदेखि जारी लकडाउन जारी राख्दै सरकारले आजदेखि उद्योग कलकारखानाहरु खुल्ला गर्ने भनेपनि पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । मदजुरहरु आवत जावतको लागि परेको समस्या, सवारी पासको समस्याका कारण तोकिएको क्षेत्र समेत खुल्ला हुन सकेको छैन । हिजो बुद्ध जयन्ती परेकाले सार्वजनिक विदा दिइएकोले समेत सवारी पास लिन नपाएकोले धेरै उद्योगहरु खुल्ल सकेनन् । अर्कोतर्फ केही तोकिएको पसलहरु खुल्ले वित्तिकै भिडभाड बढेपछि स्थानीय प्रशासन चिन्तित हुँदै बन्द गर्नुपर्ने स्थितिले थप अन्योल देखिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS