काठमाडौं । एक्सेल डेभलपमेन्ट बैेंकले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले तेस्रो त्रैमासको अवधिसम्ममा ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा ११ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा २४ प्रतिशतले घटेको हो ।
बैंकले आफनो समिक्षा अवधिमा खुद ब्याज आम्दानी २१ प्रतिशतले बढेर ३२ करोड ९६ लाख रुपैयाँ पुगेको छ । बैंकले गत बर्षको सोहि अवधिमा २७ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
तेस्रो त्रैमासको अवधिसम्ममा बैंैकले ९ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरकेो छ भने ७ अर्ब ९० करोड रुपैयाँ कर्जामा लगानी गरेको छ।
बैंककोे हालको चुक्ता पुँजी ६९ करोड २६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ करोड १० लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५७ पैसा (बार्षिक) र प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ९३ पैसा रहेको छ ।