काठमाडौं । बैंक अफ काठमाडूले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले तेस्रो त्रैमासको अवधिसम्ममा ८७ करोड ३४ दाख रुपैयाँ खुद नाफा कमाएको छ । गत बर्षको सोहि अवधिमा बैंकले १ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत बर्षको तुलनामा बैंकको नाफा २७ प्रतिशतले घटेको छ ।
चैतमसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा समेत घटेको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अहिलेको वितरणयोग्य नाफा ११२ प्रतिशतले घटेको छ ।
त्यस्तै, बैंकको संचालन नाफा २८ प्रतिशतले घटेर १ अर्ब २३ करोड रुपैयाँमा सिमित भएको छ । बैंकको खुद ब्याज आम्दानी ५ प्रतिशतले बढेको छ ।
र्बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने रिर्जभ कोषमा ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। तेस्रो त्रैमासको अवधिसम्म्मा आइपुग्दा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ २९ पैसाले घटेर १३ रुपैयाँँ ६३ पैसामा सिमित भएको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ९२ पैसा रहेको छ ।