काठमाडौं । राजधानी काठमाडौंमा कोरोना पुनः फर्केको छ । बेलायत आएर काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै आएका पुरुष निको भएर घर फर्केको केही समयपछि पुनः कोरोनाको संक्रमण देखिएको हो ।
मंगलबार पुनः परिक्षणको क्रममा जचाउँदा कोरोना फर्केको देखिएको हो । यसअघि रौतहटका दुई जनामा कोरोना निको भएर पनि पुनः फर्केको थियो । सनसिटी अपार्टमेन्टका ति पुरुष पुनः अस्पताल भर्ना भएका छन् । उनलाई आईशोलेशनमा राखिएको छ । यद्यपि अवस्था भने सामान्य नै छ ।
मंगलबार राजधानी काठमाडौंमा कोरोना फर्केपछि काठमाडौंमा जोखिम थप बढेको छ । यद्यपि राजधानी काठमाडौंमा सवारी साधनहरु बाक्लै चलेका छन् । बैंक, वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरु, पास लिएका सवारी दैनिक खाद्यान्न, पानी, तरकारी, मासू आपूर्तिका लागि भनेर पनि सवारी साधनहरु बाक्लै रुपमा चलेका छन् ।