काठमाडौं । सारथी लघुवित्तले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वनजिक गरेको छ । संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा २ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत बर्षको सोहि अवधिमा ५२ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो । गत बर्षको तुलनामा बैंकको नाफा २९४ दशमलव ९१ प्रतिशतले बढेको छ ।
तेस्रो त्रैमासको अवधिसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी १८४ प्रतिशतले बढाएर ५ करोड १३ लाख रुपैयाँ पुराएको छ । गत बर्षको सोहि अवधिमा संस्थाको खसद ब्याज आम्दानी १ करोड ७९ रुपैयाँ रहेको छ । त्यस्तै संस्थाको संचालन नाफा २१२ प्रतिशतले बढेर १ करोड १२ लाख रुपैयाँ पुगेको छ। यस त्रैमाससम्म ३६ करोड ९३ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ३४ करोड २८ लाख ४९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
सञ्चालन नाफा पनि २१३ ले बढेर १ करोड १२ लाख १७ हजार रुपैयाँ पुगेको छ । संस्थाको चुक्ता पुँजी १३ करोड १६ लाख ६० हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ७६ लाख ५८ हजार रुपैयाँ छ ।