काठमाडौं । पश्चिम नेपालको बाँकेस्थित नेपालगन्जका थप ७ जना स्थानीय मानिसमा कोरोनाको संक्रमण पुष्टि भएकोछ । यसअघि भेटिएका १६ जना संक्रमितको कन्ट्याक ट्रेसिङको क्रममा थप ७ जना कोरोना संक्रमित भेटिएको हो ।
मंगलबार विहानै बाँकेमा ७ जना नयाँ संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रबक्ता समिर कुमार अधिकारीले जनाएका छन् । संक्रमित मध्ये चार जना महिला छन् भने तीन जना पुरुष रहेका छन् । उनीहरुलाई अस्पताल भर्ना गरी आईशोलेशनमा राख्ने तयारी भइरहेको छ ।