कम्पनीले आफ्नो व्यापार व्यवसाय आक्रामक रूपमा फैलाउँदै यो ९ महिनाको अवधिमा ५८ करोड १५ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३५ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कुल बीमा शुल्क आर्जन ६३ प्रतिशतले वृद्धि भएको छ।
जीवन बीमा कोष ३८४ प्रतिशतले वृद्धि हुँदै ७७ करोड २३ लाख पुगेको छ। गत आर्थिक वर्षको तेश्रो त्रैमासमा जीवन बीमा कोष १५ करोड ९३ लाख रुपैयाँ थियो।
१ अर्ब ४० करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ८७ लाख रुपैयाँ रकम छ।
कम्पनीले ९२ लाख ०७ हजार बराबरको दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन् बाँकी दावी रकम छैन।
९ महिनाको अवधिमा कम्पनीले ७ करोड ६९ लाख रुपैया खुद मुनाफा गर्न सफल भएको छ। जीवन बीमा कम्पनीहरुको हकमा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक नाफा आउने छ।