Connect IPS
IME Life

लकडाउन ७ दिन थपेर सिंगो प्रदेश सिल गर्ने कर्णालीको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोरोना महामारीबाट आफ्ना जनतालाई जोगाउन जारी लकडाउन ७ दिन थप गर्दै सिंगो प्रदेशलाई सिल गर्ने जनाएको छ ।

आगामी २५ गतेपछि सिंगो देशमा जारी लकडाउन के गर्ने भन्ने निर्णय हुन बाँकी रहेको अवस्थामा कर्णाली प्रदेश सरकारले आफ्नो क्षेत्रमा सिल गर्ने घोषणा गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । साढे १७ लाख जनसंख्या भएको कर्णालीका जनताको जीवन रक्षाको लागि यस्तो निर्णय गरिएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।

Prabhu
Crest

कर्णाली प्रदेशले सिल गरेर विभिन्न स्थानमा कोरोनाको परिक्षणहरु हुनेछन् । सो प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाएर परिक्षण गर्न लागिएको हो । संघीय सरकारले बैशाख २५ गतेपछि लकडाउन खोल्ने तयारी गरिरहेको भन्ने हल्लाका बीच कर्णाली प्रदेश सरकारले जारी लकडाउनलाई झनै कडा बनाउँदै कर्णाली प्रदेश नै सिल गर्ने घोषणा गरेको हो ।

सरकारले सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक परिचालन गर्नेछ । स्थानीय तह र प्रदेश सरकारको समन्वयमा पछिल्लो समय उद्धारका नाममा मान्छे ओसारपोसार जारी थियो । यो निर्णयपछि अब आवतजावत ठप्प हुने भएको छ ।

स्मरणरहोस्, कर्णाली प्रदेशका सबै जनता १७ लाख ५० हजार जनाको एक लाख रुपैयाँको मृत्युबीमा राष्ट्रिय बीमा कम्पनीमा गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS