काठमाडौं । पञ्चकन्या स्टिलका उपत्यका स्थित विभिन्न डिलरद्धारा तीन अस्पतालहरुमा स्वास्थ्य साम्रगी वितरण गरेको छ ।
कम्पनीले उपत्यका स्थित विभिन्न डिलरहरूद्वारा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,पाटन अस्पताल, त्रि.बि. शिक्षण अस्पताल, महाराजगन्ज र धुलिखेल अस्पताल, धुलिखेललाई सर्जिकल माक्स, पि.पि.ई. सेट, स्वास्थ्य स्वब बुथ सेट लगायतका स्वास्थ सामाग्रीहरू सहयोग गरेको छ ।
उक्त स्वास्थ्य सामाग्रीहरू ३ वटा अस्पतालका आ–आफ्ना प्रतिनिधिहरूकोे उपस्थितिमा पञ्चकन्या समूहका निर्देशक उदिप श्रेष्ठ, पञ्चकन्या स्टिलका उपत्यकाका विभिन्न डिलरका सञ्चालकहरू र तिनका प्रतिनिधिहरूले उक्त अत्यावश्यक स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।