Connect IPS
IME Life

इटालीमा आजदेखि लकडाउन खुल्यो, बीमा कम्पनीहरु पूर्ण रुपमा सञ्चालनमा, विद्यालय र सिनेमा हल अझै अनिश्चित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना भाइरसबाट विश्वमा धेरै मानिसको मृत्यु भएको मध्येको एक इटालीमा आजदेखि लकडाउन खुलेको छ । करिब दुई महिना लामो लकडाउनपछि आजदेखि मानिसहरुलाई काममा फर्कन अनुमति दिइएको छ भने बाहिर निस्केर आफ्नो काम गर्न सक्ने गरी खुल्ला गरिएको छ ।

इटालीमा बस, कार र मोटरसाइकलहरु सडकमा गुडेको देखिएको भएपनि गत फ्रेबुअरीमा लकडाउन हुनुअघि भन्दा निकै पातलो भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

Prabhu
Crest

यद्यपि इटालीको सरकारले आजदेखि सुरक्षित मानिएको क्षेत्रमा रहेको उद्योगहरुलाई सञ्चालन गर्न भनेको छ । त्यस्तै बालबालिकाहरु हिडडुल गर्नको लागि पार्कहरु सचारु गर्न अनुमति दिइएको छ । तर, बाहिर निस्कदा व्यक्तिगत दुरी भने काम गर्नुपर्नेछ ।

इटालीमा लकडाउन खुल्ला गरिएको भएपनि रेष्टुरेन्टहरु मे १८ पछि मात्रै खोल्ने निर्णय गरिएको छ भने विद्यालय, सिनेमा घरहरुको सम्बन्धमा पछि निर्णय गर्ने जनाएको छ । कैयौं मानिसहरु मार्च १२ देखि आज मात्रै घर बाहिर निस्कन पाएको भन्दै निकै खुशी व्यक्त गरेको समेत देखिएको छ ।

कोरोनाको कारण इटालीमा २९ हजारभन्दा बढि मानिसको ज्यान गइसकेको छ । इटाली कोरोनाबाट धेरै मानिसको मृत्यु हुने दोस्रो देश हो । सबैभन्दा धेरै अमेरिकामा मृत्यु हुनेको संख्या ७० हजार पुग्न लागिसकेको छ । इटालीमा फ्रेबरी २१ मा कोरोना भाइरस आउटब्रेक भएको थियो ।

लकडाउन खुलेसँगै बैंक, वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु पूर्ण रुपमा सञ्चालनमा आएका छन् । झण्डै दुई महिना लामो लकडाउनका कारण इटालमा रहेका २३ वटा बैंक मध्ये ८ वटा बैंकको सम्पत्ति घटेको छ । इटालीमा रहेका एक दर्जन बीमा कम्पनी पनि आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS