काठमाडौं ।मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वनजिक गरेको छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा १२ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ ।
बैंकले गत बर्षको सोहि अवधिमा १० करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो । गत बर्षको तुलनामा बैंकको नाफा १५ प्रतिशतले बढेको हो । साथै बैंकको वितरणयोग्य नाफा ६ करोड १४ लाख रुपैयाँ रहेको छ ।
तेस्रो त्रैमासको अवधिसम्ममा खुद ब्याज आम्दानी ३ दशमलव २७ प्रतिशत रहेको छ भने संचालन नाफा १५ दशमलव ४३ प्रतिशतले बढेको छ । बैंकको खुद ब्याज आम्दाजी र संचालन नाफा दुबैमा सामान्य सुधार आएको छ । बैेंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ २३ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी १३७ रुपैयाँ ९६ पैसा रहेको छ ।