काठमाडौं । बीमा समितिको विशेष पहलमा नेपाल बीमक संघको नेतृत्वमा १८ वटा बीमा कम्पनी र दुई वटा विदेशी बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालयले संयुक्त रुपमा सुरु गरेको कोरोना बीमा दैनिक नयाँ नयाँ रेडर्क कायम गर्दै लोकप्रिय बन्दै गएको छ ।
बीमा पुलबाट प्राप्त आइतबार साँझसम्मको तथ्याङ्क अनुसार एक करोड ५७ लाख ४० हजार १६८ रुपैयाँ बीमा शुल्क आर्जन गरिएको कोरोना बीमा पुलले जनाएको छ । उल्लेखित बीमा शुल्क बुझाएर २९ हजार १६८ जनाले बीमा सुरक्षा लिएका छन् ।
कोरोना बीमा पोलिसी नेपालका २० वटा कम्पनी प्रत्येकले चार चार प्रतिशतका दरले ८० प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत व्यहोर्ने गरी सुरु गरिएको हो । कोरोना बीमा पोलिसी अनुसार कोरोना लागेको पुष्टि हुने वित्तिकै बीमा दावी भुक्तानी पाइनेछ । बीमा समितिले क्षतिपूर्तिबापत नभई कोरोना लागेपछि हुने मानसिक क्षति, क्वारेन्टाईनमा बस्दा पौष्टिक आहार तथा घरपरिवारलाई राहत स्वरुप एक लाख र ५० हजार गरी दुई प्रकारको बीमा सुरक्षा उपलब्ध छ ।
कोरोना बीमा कसले कति गरे ? हेरौं तथ्याङ्कमा