काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थाले चैत मसान्सम्ममा ९६ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
तेस्रो त्रैमासको अवधिमा आइपुग्दा संस्थाको खुद ब्याज आम्दानी बढेको छ । चैत मसान्तसम्ममा संस्थाको खुद ब्याज आम्दानी ८९ लाख ९७ हजार रुपैयाँबाट बढेर ६ करोड ७५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संस्थाको संचालना नाफा १ करोड ७ लाख रुपैयाँ पुगेको छ ।
संस्थाको चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ भने रिर्जभ कोषमा ८ करोड १५ लाख रुपैयाँ रहेको छ ।