काठमाडौं । राजनीतिक अन्योलका कारण आवश्यक परेका बखत पार्टी फुटाउने काममा लागि हस्ताक्षर गर्न काठमाडौं आएका सांसदहरु अब संसदमा बजेट सुनेर मात्रै घर जान पाउने भएका छन् ।
सरकारले सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्दै राजनीतिक विवादमा काठमाडौं आएका सांसदहरुलाई सरकारको नीति तथा कार्यक्रम र बजेटमा व्यस्त बनाउने निर्णय गरेको हो । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसद बैठक आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
संसद बैठकका लागि दुरी काम गरेर बैठक बस्ने तयारी पूरा भइसकेको छ । संघीय संसद सचिवालयका अनुसार कोरोना भाइरसको महामारीका बीचमा दुरी कायम गरेर बैठक राखिने छ ।