Connect IPS
IME Life

नेपाल लाईफ इन्स्योरेन्स २० औं वर्षमा प्रवेश, परिक्षाको घडीमा धैर्यधारण गर्न सिईओ झाको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स आजदेखि २० औं वर्षमा प्रवेश गरेको छ । कोरोना महामारीपछि उत्पन्न विषम परिस्थितिमा कम्पनीले बार्षिकोत्सव राहत वितरण गरेर मनाउने जनाएको छ । कम्पनीका डेपुटी सिईओ सन्तोष प्रसाईले कोरोना भाइरसको महामारीका कारण यस पटकको बार्षिकोत्सव राहत वितरण गरेर मनाउन लागेको बताए । देशैभरिका शाखा कार्यालयहरुले वरपर दैनिक गुजारामा समस्या भोगेकाहरुलाई खाद्यान्न तथा भोजन गराएर राहत वितरण गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

२०५८ साल बैशाख २१ गते स्थापना भएको कम्पनी सात दशकभन्दा बढि बीमा इतिहास भएको नेपाली बीमा बजारको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी हो । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले कोषमा मात्रै झण्डै एक खर्ब पुग्नै लागेको छ ।

२० औं बार्षिकोत्सवमा शुभकामना सन्देश दिँदै सिईओ विवेक झाले सबै नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन् । साथै उनले सबै जीवन बीमा अभिकर्ताहरुलाई कोरोना भाइरसले उत्पन्न गराएको विषम परिस्थिति नेपाली जनताको लागि परिक्षाको घडी भएको बताउँदै धेर्यधारण गर्न अग्रह गरेका छन् । शुभकामना सन्देशमा सिईओ झाले भनेका छन्, ‘जीवन अमूल्य छ, सबैभन्दा पहिला सुरक्षित भएर क्वारेन्टाईनमा बस्न आग्रह गर्दछु । आफू सुरक्षित रहनुहोला, परिवार सुरक्षित राख्नुहोला, समाज सुरक्षित राख्नुहोला, देशलाई सुरक्षित राखौं अनि सिंगो पृथ्वीमा मावन जीव जगत सुरक्षित राखौं । अहिले विषम परिस्थिति उत्पन्न भएको छ । यो अवस्था सधैं रहदैन । हरेक रातपछि सुनौलो विहान आउँछ । यो हम्रो लागि परिक्षाको घडी हो । हाम्रो मुख्य योद्धाहरु बीमा अभिकर्ताहरुलाई निकै अप्ठेरो परिररहेको छ । त्यो हामीले महसुस गरेका छौं । २० औं बार्षिकोत्सवको अवसरमा सबैलाई धैर्यधारण गर्न आग्रह गर्दछु ।’

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS