SKIP THIS

National Insurance
IME Life

न्यूयोर्कस्थित एउटै नर्सिङहोममा ९८ जनाको मृत्युपछि लाश नै उठ्न सकेन

SPIL
NIC ASIA new
Sanima Reliance

एजेन्सीहरु । विश्वकै शक्ति सम्पन्न राष्ट्र अमेरिका कोरोना भाइरसको महामारी शव अन्त्यष्टी गर्नै नसक्ने अवस्थामा पुगेको छ । न्यूयोर्कस्थित इसाबेला बृद्धाश्रम नर्सिङहोममा रहेको ९८ जनाको मृत्यु भएपछि उनीहरुको शव अन्त्यष्टि समेत नगरी राखिएको हो ।

सो घट्नापछि न्यूयोर्कका मेयर बील डे ब्लासियोले भनेका छन्, ‘यो हृदयविधारक, असम्भव र अकल्पनीय घट्नाबाट म स्तब्ध बनेको छु ।’ सो मध्ये गत शुक्रबार एकै दिन १३ जनाको मृत्यु भएको जनाएको छ । कूल ७०५ वटा बेड क्षमताको सो नर्सिङहोममा मृत्यु भएका मध्ये ५२ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भइसकेको छ भने ४६ जनाको थप परिक्षण जारी छ । अमेरिकाले सो घटनालाई इतिहासकै दुर्लभ घट्ना भनेको छ ।

Prabhu
Crest
AP Photo/Frank Franklin

शवहरु अन्त्यष्टी गर्दा समेत कोरोना फैलिने डरले चिसो फ्रिज भएको गाडीमा राख्ने तयारी भइरहेको सो नर्सिङहोमले जनाएको छ । हाल ति शवहरुको अन्त्यष्टी गर्न समेत सक्ने अवस्था नरहेको जनाइएको छ । सो अस्पतालका चिकित्सकहरुले पर्याप्त मात्रामा कोरोना भाइरसबाट सुरक्षित रहन पिपिई समेत नपाएको फक्स न्यूजले जनाएको छ ।

आइतबार विहानसम्मका विवरण अनुसार अमेरिकामा कुल ६७ हजार ७४४ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै दुई हजार भन्दाबढिको मृत्यु भएको छ । अमेरिकाको सबैभन्दा बढि संक्रमित न्यूयोर्कमा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS