Connect IPS
IME Life

नेकपाभित्रको झगडा त साम्य भयो, २५ गतेपछिको लकडाउन के होला ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना भाइरसको महामारीका बीचमा सत्ताधारी नेकपाभित्र उत्पन्न पार्टीविभाजनसम्मको झगडाले महामारीलाई बिर्साईदियो । कैयौं सर्वसाधारणले पार्टीभित्रको कलहका कारण अनावश्यक रुपमा लकडाउन लम्ब्याएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि समेत पोखे ।

आज बसेको स्थानीय समितिको बैठकमा नेकपाका दुवै पक्षका नेताहरुले माफी माग्र्दै पार्टीभित्रको विवादलाई साम्य पारेका छन् । अब अर्को प्रश्न उठेको छ, नेकपाभित्रको विवाद त अन्त्य भयो अब २५ गतेपछि लकडाउन खुल्ल त ? यो प्रश्नको जवाफ कोही छैन । यसअघि बैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी ओली निकै तनावमा रहेकोले लकडाउन सम्बन्धी निर्णय गर्ने अधिकार मुख्य सचिवलाई दिए । कोरोना महामारीमा राजनीतिक तनावमा रहेको बेला त्यसको प्रभाव नपरोस् भन्ने प्रम ओलीको आशय रहेको बालुवाटार स्रोत बताउँछ ।

Prabhu
Crest

अर्थमन्त्री तथा सरकारका प्रबक्ता युवराज खतिवडाको कुरा सुन्ने हो भने जारी लकडाउन २५ गतेपछि पूर्ण रुपमा कुनै पनि हालतमा खुल्नेछैन । शनिबार ब्यवस्थापन संघ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले एकैपटक घोषणा गरिएको लकडाउन एकै पटक नखुल्ने प्रष्ट पारेका छन् । हुन पनि अन्तर्राष्ट्रिय अभ्यास हेर्दा आपतकालिन सेवापछि विभिन्न उद्योगहरु खुल्दै विस्तारै जनजीवन सामान्य बनाउने प्रयासहरु भएका छन् । नेपालमा पनि सार्वजनिक यातायात, फिल्म हल, धेरै जमघट हुने होटलहरु तथा सार्वजनिक कार्यक्रम अझै केही महिना नखुल्ने लगभग पक्का जस्तै छ ।

विस्तारै खोल्ने क्रममा सरकारले स्थानीय निकायहरुभित्रको लागि मात्रै खुल्ला गर्न सक्ने छ, त्यो पनि निजि सवारी साधन तथा पसलहरुको लागि अझै केही समय कुर्नुपर्ने हुनसक्दछ । तत्काल सरकारले उद्योगधन्दा, कलकारखाना भने खुल्ला गर्नुपर्ने देखिइसकेको छ ।

भारतमा कोरोनाको महामारी तीव्र्र रुपमा फैलिइरहेको र नेपालसँगको खुला सीमा रहेकोले भारतको थप १५ दिनको लकडाउनको असर नेपालमा समेत पर्नेछ । विभिन्न कोणबाट विश्लेषण गर्दा २५ गतेपछिको लकडाउनबारे सरकारले सम्भवतः २४ गतेसम्म निर्णय गरिसक्ने सम्भावना छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS