काठमाडौं । नेपालमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास गरिएको भारतको लकडाउन दुई साता थप भएको छ । कोरोना भाइरसको फैलावट नरोकिएपछि भारत सरकारले जारी लकडाउन थप दुई साता थप गर्ने निर्णय गरेको हो । भारतमा बैशाख २१ गतेसम्मका लागि जारी लकडाउन अब जेठ ४ गतेसम्म लम्बिएको छ ।
साथै भारतले लकडाउनमा देशलाई सुरक्षित र खतरा गरी दुई भागमा बाँडेर केही खुकुलो र कडा पार्ने रणनीति अख्तियार गरेको जनाएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ३५ हजार भन्दा बढीमा नोवल कोरोना भाइरस संक्रमण देखिएर एक हजार भन्दा बढिको मृत्यु भएपछि लकडाउन थप गर्ने निर्णय गरिएको हो । भारतमा लकडाउन थपिएपछि नेपालमा पनि प्रभाव पर्ने अनुमान गरिएको छ ।