Connect IPS
IME Life

राष्ट्रिय बीमा संस्थानका सञ्चालक तथा कर्मचारीहरुको तर्फबाट कोरोना कोषमा ६ लाख रुपैयाँ सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानका संचालक तथा कर्मचारीहरुले कोरोना रोकथाम कोषमा ६ लाख रुपैयाँ सहयोग गरेको छ ।

सोमबार संस्थानले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण हुने संक्रमणको रोकथाम, नियन्त्रण र उपचार गर्न नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा उक्त सहयोग गरेको जनाएको छ ।

Prabhu
Crest

उक्त सहयोग रकम संस्थानका सञ्चालकहरुको तर्फबाट एक दिनको बैठक भत्ता,, मुख्य व्यवस्थापक र सो भन्दा माथिका कर्मचारीहरुको शुरु तलब स्केलको सात दिन, व्यवस्थापक, सह–व्यवस्थापक, नायब व्यवस्थापक र सहायक व्यवस्थापक तहका कर्मचारीहरुको शुरु तलब स्केलको पाँच दिन, सहायक “क”, सहायक “ख” र कार्यालय सहयोगी, सवारी चालकहरुको तलब स्केलको तीन दिन बराबरको तलब वापत उक्त सहयोग रकम कोरोना कोषमा प्रदान गरिएको हो ।
संस्थानले यसअघि नै कोरोना कोषमा १ करोड रकम सहयोग गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS