काठमाडौं । एनआईसी एसिया बैंक कोरोना बीमासँग जोडिएको छ । देशका २० वटै निर्जिवन बीमा कम्पनीहरु तथा नेपाल पुनर्बीमा कम्पनी समेत मिलेर संयुक्त रुपमा बीमा पुलमार्फत सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड–१९) बीमा गराउन एनआईसी एसिया जोडिएको छ । एनआईसी एसिया बैंकको आधिकारिक वेभसाईटमार्फत आवेदन दिएर सिधैं कोरोना बीमा गर्न सकिने बैंकले जनाएको छ ।
कोरोना बीमा पोलिसी बिक्रीका लागि एनआईसी एशिया बैंकले उक्त सेवालाई सहज बनाउन डिजिटल पोर्टल सञ्चालन गरेको जनाएको छ । एनआईसी एसिया बैंकको सो पोर्टलमार्फत बैंकको मोबाइल बैकिङ, वेबसाइट वा सिधै उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर कोरोना बीमा गर्न सकिने बैंकले जनाएको छ ।