Connect IPS
IME Life

चालु आर्थिक वर्षको बृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने, अर्थतन्त्रको अवस्था भयावह बन्नसक्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर फैलिएको कोरोनाको कारण सिंगो विश्व अर्थतन्त्र प्रभावित छ । नेपालको अर्थतन्त्र पनि नराम्ररी प्रभावित भएको केन्द्रीय तथ्याङ्क विभागले चेतावनी दिएको छ । चालु आर्थिक वर्षको लागि ८.५ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य लिएकोमा कोरोना महामारीको कारण २.२७ मा सीमित हुने तथ्याङ्क आज सार्वजनिक गरिएको छ ।

विभागले आज जारी गरेको आर्थिक वर्ष २०७६।०७७ को राष्ट्रिय लेखा तथ्याङ्कमा आर्थिक बृद्धिदरमा चार गुणाले गिरावट आउँदा ८.५ बाट २.२७ मा झर्ने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्ष ६.७५ प्रतिशत आर्थिक बृद्धि हासिल गरेको नेपालले यस वर्ष कोरोनाको कारण ठूलो आर्थिक ह्रास व्यहोर्नुपर्ने विभागले जनाएको छ ।

Prabhu
Crest

कोरोनाले खासगरी सेवा क्षेत्रको वृद्धिदरलाई नराम्रोसँग प्रभावित बनाएको हो । अर्थतन्त्रका मूख्य तीन क्षेत्रमध्ये प्राथमिक क्षेत्रका वृद्धिदर २.५४ प्रतिशतमा खुम्चिने भएको हो । द्वितीय क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर मात्र १.९९ प्रतिशत रहने भएको छ । मुलुकको अर्थतन्त्रमा २८ प्रतिशत योगदान पुर्याएको प्राथमिकता क्षेत्र, १३ प्रतिशत योगदान पुर्याएको द्धितिय क्षेत्र र ५८ प्रतिशत सेवा क्षेत्रको योगदान रहने नेपालको अर्थतन्त्रमा यस वर्ष उल्लेख्य रुपमा गिरावट आउने विभागको प्रतिवेदनमा उल्लेख छ ।

मुलुकको आर्थिक बृद्धिदरमा उच्च गिरावट आउने प्रक्षेपणसँगै मुलुकको आर्थिक अवस्था भयावह हुने संकेत गरेको छ । ८ प्रतिशतभन्दा माथि आर्थिक बृद्धिको लक्ष्यमा दौडिरहेको बेला एकाएक कोरोना महामारीको कारण सिंगो विश्व स्तब्ध बन्ने गरी आर्थिक गतिविधि ठप्प छ । जारी लकडाउन अझै कतिदिन जान्छ भन्ने अन्योलका बीच आएको तथ्याङ्क विभागको प्रतिवेदनले यस्तो संकेत गरेको हो ।

हेरौं समग्र मुलुकको वित्तीय अवस्थाको चित्रः

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS