IME Life

नेपाली कामदार लिएर विहिवार नेपाल एयरलाइन्सको जहाज कोरिया उड्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा रहेका नेपाली कामदारहरु लिएर नेपाल एयरलाइन्सको जहाज बिहिवार कोरिया उड्ने भएको छ । नेपालमा विदा मनाउन आएका नेपाली कामदार लैजान नेपाल एयरलाइन्सको एयरबस ए–३३० जहाज काठमाडौं–कोरियाको लागि चार्टर्ड फ्लाईट बुक गरिएको एक एनआरएनएका अभियान्ताले जनाएका छन् ।

नेपाल सरकारले इपिएस कोटा अन्तर्गत कोरियामा कार्यरत रही नेपालमा विदा मनाउन आएकाहरुलाई फर्कन चाहेमा अनुमति दिने निर्णय गर्दैै बाटो खोलिसकेको छ । कोरियाबाट विदामा नेपाल आएकाहरु रोजगारीमा फर्कन नपाउँदा कम्पनीले ताकेता गरेपछि ति कामदारहरु फर्काउन एनआरएनए कोरियाले पहल गरेको हो ।

Prabhu
Crest

नेपालबाट कोरिया जान चाहनेहरुलाई एक लाख १३ हजार ७७५ रुपैयाँ भाडा तिर्नुपर्नेछ । त्यसको लागि उनीहरुले सानिमा बैंकको खातामा रकम जम्मा गर्न भनिएको छ । नेपाल सरकारले जहाज चार्टर्ड गरेर कोरिया जान अनुमति दिने निर्णय गरिसकेको छ । सो उडानमा २६० जना यात्रु लैजाने तयारी गरिएको छ । इपिएस अन्तर्गत दक्षिण कोरियाको भिषा भई नेपालमा विदा मनाउन आएकाहरुले मात्रै जान पाउनेछन् ।

एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीको पहलमा नेपालमा रहेकाहरुलाई कोरिया लैजान लागिएको हो । बुधबार साँझसम्म काठमाडौं आउन सक्ने र कोरियामा सेल्फ क्वारेन्टाईनमा बस्न सक्नेहरुलाई मात्र सम्पर्क गर्न भनिएको छ ।

नेपालबा उड्ने यात्रुहरुले म्यादी बीमा अनिवार्य गर्नुपर्ने हुन्छ । म्यादी बीमाको लागि हाल अनलाईनबाटै रकम भुक्तानी गर्ने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS