काठमाडौंः प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोन, कोभिड–१९ माहामारीको विरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई रु. १ लाखको बीमालेख प्रदान गरेको छ ।
अप्ठयारो अहिलेको यस परिस्थितिमा प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई यो सुविधा उपलब्ध गरेको हो । उक्त बीमालेख कम्पनीले आफुसँग आवद्ध कर्मचारीहरुको एभरेस्ट इन्स्योरेन्सबाट सामुहिक बीमा पोलिसी खरिद गरेको हो ।
बीमा समितिद्वारा कोरोना भाइरस (कोभिड–१९) बाट हुने रोगको रक्षावरण गरिने भनेर नयाँ बीमलेख जारी भएपछि प्राइम लाइफले आफ्नो कर्मचारीलाई यो सुविधा दिने बिषयमा निर्णय गरेको हो । कोरोना लागेको पिसिआर परिक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइनेछ । यस बीमालेखले कर्मचारीहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । प्राइम लाइफ सदैब आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडर हरुको सेवा र क्षमता बृद्धी बिकाससा अग्रणी भूमिकामा रहदै आएको छ ।