Connect IPS
IME Life

बीमा पोलिसी धितोमा प्रवाह भएको ४० अर्ब ऋणमा सहुलियत दिने तयारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीबाट आफ्नो बीमा पोलिसी धितो राखेर ऋण लिएका बीमितहरुलाई राहत दिने तयारीमा बीमा समिति जुटेकोे छ । बीमा समितिले बीमितले लिएको पोलिसी धितो ऋणको ब्याज भुक्तानीमा जरिवना छुट दिने सम्बन्धमा छलफल भइरहेको जनाएको छ ।

बीमा समिति स्रोतले जनाए अनुसार बीमितले बीमा कम्पनीहरुबाट लिएको करिब ४० अर्ब ऋणको ब्याज तिर्ने समयावधी बढाउने तथा समय नाघेका ऋणीहरुलाई जरिवना तिर्न नपर्ने गरी व्यवस्था गर्ने तयारी गरिएको छ । बीमा समितिले बीमितले आप्mनो पोलिसी धितोमा लिएको ऋणको ब्याज भुक्तानी गर्ने म्याद थप वा जरिवना मिनाहा गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गरेर निर्णय लिने जनाएको छ ।

Prabhu
Crest

बीमितले लिएको पोलिसी धितोको ऋणमा जरिवना छुट दिन कठिन हुने जीवन बीमक संघले जनाएको छ । संघका अध्यक्ष शिवनाथ पाण्डेले बीमा पोलिसी धितोमा प्रवाह भएको ऋण बीमितकै बचत भएकोले ब्याज छुट दिन नसकिने तर हर्जाना वा जरिवना लाग्ने अवस्था भएमा केही छुट दिन सकिने बताएका छन् । नेपालभरिका बीमितले १९ वटा बीमा कम्पनीबाट करिब ४० अर्ब रुपैयाँ पोलिसी धितो राखेर ऋण लिएका छन् । बीमा समितिले ऋण लिने बीमितहरुलाई समेत राहत दिने गरी प्याकेज ल्याउने तयारी गरिरहेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS