IME Life

चीनबाट मेडिकल सामाग्री ल्याउन हिमालय एयरलाईन्स ग्वान्झाउ प्रस्थान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल चीन जोईन्ट भेन्चर हिमालय एयरलाईन्स कोभिड–१९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याउन हिमालय एयरलाईन्स्को A320-214, 9N ALW  जहाज त्यसतर्फ प्रस्थान गरेको छ । हिमालय एयरलाईन्स्ले यस उडानका लागी आवश्यक लजिस्टिक सेवाका लागि नियमक निकायहरुबाट स्विकृित पाएको थियो । सोही अनुसार सबै प्रकारका आधारहरु पुरा गरेर ग्वान्झाउ उडान भरेको हो ।

हिमालय एयरलाईन्स्को A320-214, 9N ALW ले आज साँझ ५ :२१ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान भरेको छ । उक्त जहाज आजै राती १२ बजे चीनको ग्वान्झाउ बाइयुन अन्तरराष्ट्रिय विमानस्थल पुग्ने तालिका रहेको छ भने मेडिकल सामाग्री लिएर भोली विहान ३ :३० (स्थानिय समय) मा नेपाल फर्किने तालिका रहेको छ । उक्त जहाज भोली विहान ७ :१५ (स्थानिय समय) मा काठमाडौं स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।

Prabhu
Crest

‘महिना दिन लामो लकडाउन पश्चात यात्री उडान बन्द भईसकेपछि पहिलो पटक मेडिकल सामाग्री ल्याउन स्विकृति पाईएको छ, जुन हाम्रो लागि स्वागतयोग्य अवसर हो । हामी यस उडानलाई कोभिड १९ मेडिकल आपूर्तिहरू ल्याउनको लागि एक अत्यावश्यक सेवाको रूपमा संचालन गर्न पाउँदा खुसी छौं, जसले हाम्रो देशलाई महामारीको विरूद्ध लड्न मद्दत गर्दछ,’ उपाध्यक्ष विजय श्रेष्ठले भने । उक्त कार्गो विमानले मेडिकल उपकरण, टेस्टिङ किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क, पञ्जालगायत अन्य औषधिजन्य सामाग्री ल्याउने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS