काठमाडौं । प्रदेश नं २ को बीरगन्जका थप दुई जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० बर्षिय पुरुषमा कोरोनाको पुष्टि भएको हो । हाल आईशोलेशनमा रहेका उनीहरुको अवस्था सामान्य छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । त्यस्तै १२ जना निको भएर घर फर्केका छन् । गत चैत्र ११ गतेदेखि जारी लकडाउन भोलि सकिदैछ । लकडाउन थप गर्ने वा नगर्ने भन्ने सम्बन्धमा नेपाल सरकारले छलफल गरिरहेको समयमा थप दुई जना कोरोना संक्रमित भेटिएको हो ।