काठमाडौं । नेपाल राष्ट्र बैंक आजबाट ६४ वर्ष पुरा गरी ६५ औं बर्षमा प्रवेश गरेको छ । २०१३ साल बैशाख १४ गते स्थापना भएको नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंकको रुपमा काम गर्दै आएको छ । त्यसअघि नेपाल बैंक लि.ले करिब २० वर्ष केन्द्रीय बैंकको भूमिका निर्वाह गरेको थियो ।
कोरोना महामारीका कारण सार्वजनिक कार्यक्रम गर्न नसकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पूर्व तयारी, खर्च तथा भिडभाड हुने सार्वजनिक गर्न नमिलेका कारण यस वर्षको बार्षिकोत्सव नमनाउने निर्णय गरेको जनाएको छ ।
त्यस्तै यस वर्षको नेपाल राष्ट्र बैंक स्मारिका समेत स्थगित भएको छ । केही मात्रै नियुक्त भएका गभर्नर महाप्रसाद अभिकारीले पहिलो बार्षिकोत्सव मनाउन नपाए पनि आज साँझ दिपावली गरेर कोरोना पीडित जनताको शीघ्र स्वास्थ्य लाभको कामना गरिने जनाइएको छ ।