IME Life

इन्गेजमेन्ट गरेकी बीरगन्जकी युवतीमा कोरोनाको आशंका, टेष्ट गर्दागर्दै मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भाइरसको द्रूत परिक्षण किट र्यापिड टेष्टमा कोरोनाको आशंका गरिएकी बीरगन्जकी एक २३ बर्षिय युवतीको कोरोना परिक्षण गर्दा गर्दै मृत्यु भएको छ । केही समयअघि मात्रै इन्गेजमेन्ट गरिएकी उनको विवाह नभई मृत्यु भएको हो । बीरगन्जस्थित नारायणी अस्पतालमा उनको कोरोना परिक्षण गर्दागर्दै मृत्यु भएको जनाइएको छ । ति युवती बीरगन्ज १० अशोक बाटिकाकी स्थायी बासिन्दा भएको खुलेको छ ।

तराई अस्पतालमा डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएपछि कोरोनाको उपचार गर्ने नारायणी अस्पतालमा पुनः परिक्षण गर्दा आरडिटी पोजेटिभ देखिएको हो । त्यस लगत्तै ति युवतीलाई आईसोलेशनमा राखेर उपचार गर्दै कोरोनाको थप परिक्षणको प्रतिवेदन नआउँदै मृत्यु भएको हो ।

Prabhu
Crest

उनको स्वाव संकलन गरी हेटौडास्थित प्रादेशक अस्पतालमा पठाइसकिएको छ । आजै प्रतिवेदन आउने जनाइएको छ । हाल उनको शव नारायणी अस्पतालमा राखिएको छ । संक्रमणको आशंका गरिएकी युवतीलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

परिवारका सदस्यले ति युवतीमा गत चैत्रको पहिलो साता ब्लड क्यान्सरको संकेतहरु देखिएको जनाएका छन् । उनको भरतपुरस्थित अस्पतालमा उपचार गरी डिस्चार्ज भएर घर गएपछि हिजो पुनः बीरगन्जकै स्थानीय तराई अस्पतालमा भर्ना गरेपछि कोरोना परिक्षणको आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा थप परिक्षण गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS