काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स् कम्पनी लिमिटेडको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । अब यस कम्पनीमा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सक्नेछन् ।
कुनै पनि ग्राहकहरुको इसेवा एकाउन्ट नभएमा इसेवाका देशभर रहेका कुनैपनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने समेत कम्पनीले जनाएको छ ।
कम्पनीले गुराँस सावधिक जीवन बीमा योजना, गुँरास अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना, गुँरास जीवनश्री सावधिक र आजीवन बीमा योजना, गुँरास बाल सुरक्षा जीवन बीमा योजना, गुराँस संजीवनी अग्रिम भुक्तानी जीवन बीमा योजना, गुराँस जीवन रक्षक सीमित भुक्तानी सावधिक जीवन बीमा योजना जस्ता बीमा योजना सञ्चालन गरिरहेको छ । कम्पनीले मुलुकभर ७६ वटा शाखा मार्फत सेवा दिँदै आएको जनाइएको छ ।