काठमाडौं । जीवन बीमक संघमा आबद्ध १९ वटा कम्पनीहरुले कोरोना उपचार कोषमा करिब साढे चार करोड रुपैयाँ सहयोग गरेका छन् ।
जीवन बीमक संघले जनाए अनुसार सामूहिक रुपमा एकमुष्ठ ८२ लाख ५० हजार रुपैयाँ जम्मा गरेका छन् भने कम्पनीहरुले छुट्टाछुट्टै तीन करोड ६७ लाख एक हजार रुपैयाँ समेत गरी कूल चार करोड ४९ लाख ५१ हजार रुपैयाँ नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गरेको छ ।